नेपाली एकता मञ्च–युकेद्वारा महामहिम राजदुत लोक दर्शन रेग्मी र डिसीएम खनालको स्वागत
नेपाली एकता मञ्च–युकेद्वारा महामहिम राजदुत लोक दर्शन रेग्मी र डिसीएम खनालको स्वागत
लण्डन। बेलायतका लागि नेपाली राजदूत महामहिम लोकदर्शन रेग्मीले बेलायतस्थित नेपाली दुतावास संरक्षकको भूमिका हरपल पुरा गर्ने र बेलायतमा बसोबास गरेका नेपालीहरूसंग एक भयर काम गर्ने बताउनु भयको छ। सो कुरा प्रवासी नेपाली एकता मञ्च–युकेद्वारा नव आगन्तुक राजदुत रेग्मी र डिपुटी चीफ अफ मिसन रोसन खनालको स्वागत कार्यक्रममा बुधबार बेलुका आयोजित जुम लाइभमा सम्बोधन गर्दै राजदुत रेग्मीले भन्नु भयको हो।
बेलायतका लागी नेपाली राजदूत महामहिम लोकदर्शन रेग्मीज्यु र उपनियोग प्रमुख रोशन खनालज्यूको स्वागत कार्यक्रम १० मार्च २०२१ मा भयको थियो। प्रवासी नेपाली एकता मञ्च–युकेका महासचिव सुरेशजंग शाहले सञ्चालन गर्नु भयको सो कार्यक्रमको अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा भयको थियो। कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत लोकदर्शन रेग्मी,नेपाली राजदूतावास उपनियोग प्रमुख बिशेष अतिथि रोशन खनाल,अतिथि पुर्व प्रवासी नेपाली एकता मञ्च–युकेका अध्यक्षहरु,सल्लाहकारहरु, अतिथी डा चन्द्र बहादुर गुरुङ,अतिथि पत्रकारहरु भगिरथ योगी,नवीन पोखरेल,नरेश खपाङ्गी,चिरन शर्मा,विपिन निरौला,दूत गर्बुजा पुन,ध्रुव अर्याल, लिलामान सेरपुञ्जा,बाचस्पती रेग्मी,शिव भण्डारी, पूर्ण गुरुङको उपस्थिती थियो।
नेपालको राष्ट्रिय धुन बजाएर शुरू गरिएको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रमेश वास्तोलाले गर्नु भयको थियो। महामहिम राजदूत रेग्मीको संक्षिप्त पृष्ठभुमी प्रवासी नेपाली एकता मञ्च–युकेका सल्लाहाकार कृष्णप्रसाद भट्टराईले राख्नु भएको थियो। बेलायतमा मै जन्मिएकी सुश्रीे निशा गौतमले स्वागत अभिनन्दनपत्र वाचन गरेकि थिइन् भने बेलायतमा मै जन्मिएकी सुश्री पुजा क्षेत्रीले धन्यवाद मन्तव्य राखेकी थिइन्।
बेलायतमा बसोबास गर्ने नेपाली तथा नेपालीहरूले गरेका र भोगेका बिषयका बारेमा माल्टाबाट समाजजसेवी प्रतिष्ठित व्यवसायी एनआरएनका पूर्व सहसचिव भवन अर्याल,क्षेत्रिय अध्यक्षहरु अर्जुन चापागाई लण्डन नर्थवेष्ट कमिटी, नारायण कँडेल उपाध्यक्ष,तारा भण्डारी मिडल्याण्ड एण्ड नर्थ कमिटी, विदुर खत्री सचिव स्कटल्याण्ड कमिटी,केदार थपलिया साउथ इष्ट कमिटी,पुर्व अध्यक्षहरू रामशरण सिंखडा,दिनेश घिमिरे, कर्णबहादुर शाही पुर्व अध्यक्ष एवम पार्टी केन्द्रीय सदस्य समेतले बेलायतमा नेपालीहरूको अबस्था बारे मन्तब्य राख्नु भयको थियो।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले जुममा उपस्थिती बेलायती अभियन्ताहरूलाई नेपालको बिकासका लागि बेलायतमा भयका संभावनालाई खोजेर नेपालमा लगानी गराउन प्रयास गर्ने, लण्डन बैकहरूको हब भयकोले यसलाई नेपाल हितमा काम गराउने, नेपालीहरूको नागरीकता निरन्तरता, ब्रिटिश गोर्खा सैनिकहरूको असमान पेन्सन बारेको समस्या समाधानका लागी लाग्ने प्रतिबद्धता ब्यक्त गर्नु भयको र समाजसंग मिलेर सबै समस्या हल गरिने बिश्वास दिलाउनु भयको थियो।